रुपन्देहीको देवदह –४ देविदमारमा श्रीमद्भागवत एंव धनधान्याचल ज्ञान महायज्ञ हुने

प्रकाशित मिति:

रुपन्देहीको देवदह –४ देविदमारमा श्रीमद्भागवत एंव धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ । वैदिक सनातन धर्म संस्कृतिको संरक्षणका साथै दुर्गा पञ्चायन मन्दिरको निर्माण गर्ने उद्धेश्यका साथ यहि मंसिर २३ गतेदेखि २९ गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिर निर्माणको पवित्र उद्धेश्य राखी कथा व्यास श्री पुरुषोत्तम बस्याल ज्यूको मुखारबिन्दबाट कथा प्रवचन हुने बताइएको छ । महायज्ञमा मन्दिर निर्माणको हेतु ८५ लाख रुपैया संकलन गर्ने लक्ष्य लिएको र यज्ञ संचालनको लागि १५ लाख जति खर्च हुने सक्ने अनुमान गरिएको आयोजित पत्रकार सम्मेलनमा जनाकारी दिइएको छ । साथै यज्ञ शेषबाट आएको रकम मन्दिर निर्माणका लागि अपुग हुने भएकाले उक्त अपुग रकम स्थानिय र प्रदेश सरकार लगायत विभिन्न उद्योगी, व्यवसायीहरुबाट जम्मा गरिने यज्ञ मुल सम्पादन समारोह समितिका संयोजक दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । साथै उहाले दुई वर्षको समयावधिमा मन्दिर निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । सामाजिक रुपमा स्थापित हुने मन्दिरमा कुनै जातियता र भेदभाव भन्ने शब्द नहुने हुदा मन्दिरको सबैको साझा सम्पत्तिका रुपमा रहने यज्ञ मुल सम्पादन समारोह समितिका सचिव यामप्रसाद लुइटेलले बताउनुभयो ।
विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्धको मावली तथा माता मायादेवि र प्रजापति गौतमी एंव यशोधराको जन्मस्थल देवदहमा हुने महायज्ञमा मन्दिर निर्माणमा लागि सहयोगको हात जुटाइदिन सबै समक्ष आग्रह गरिएको समितिका सह–संयोजक लीलाबल्लभ भट्टराईले बताउनुभयो । महायज्ञबाट बाल, युवा तथा प्रौढ एंव समस्त व्याक्तिहरुमा अमृतमय भागवत ज्ञानको माध्यमले धार्मिक आस्था बृद्धि गरी चराचर जगतको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरेको आयोजकले बताएको छ ।