कांग्रेस नेता शेखर कोइरालाको प्रश्न, भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ?

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समयमै महाधिवेशन नहुने आशंकाले कांग्रेसजनमा चिन्ता सुरू भएको बताएकाछन् ।अधिवेशनहरू सुरू हुनुपर्नेमा अहिलेसम्म क्रियाशिल सदस्यको विवाद समाधान नभएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन’ उनले भनेकाछन्, ‘यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पुर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ।’

उनले भदौ २३ मा पार्टीको वैधानिकता सकिने कुरा सम्झाएका छन् । ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैनरु’ उनको प्रश्न छ, ‘पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो रु यसको जवाफ कसले दिने ? लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने कांग्रेसले समयमै महाधिवेशन नगरेर जवाप के दिने भन्ने उनको प्रश्न छ ।

‘पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन’ उनले भनेकाछन्, ‘लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने रु तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ।’