बुटवलका कलाकारको ‘बबाल तीज गीत’

प्रकाशित मिति:

बुटवलका कलाकारले बबाल तीज गीत बजारमा ल्याएका छन् । भविश्वर भण्डारी तथा साधना भट्टराइ न्याैपानेकाे स्वरमा रहेको गीतको शब्द संयोजन गणेश खनालले गर्नुभएको छ भने लय कुसुम भण्डारीको रहेको छ ।

मेगाहर्ज स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मनोज खड्काले संगीत संयोजन, रेकर्डिङ तथा मिक्सिङ गर्नुभएको हो । रोशन न्यौपानेको निर्देशन रहेको भिडियोमा कुश कुमार थापा र रोशन न्यौपानेले छायाकंन तथा सम्पादन गर्नुभएको छ ।

विक्की परियारको नृत्य निर्देशन रहेको भिडियोमा प्रेरना श्रेष्ठ, साहिर के.सी., सीता सापकोटा , युदिन खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीत भविश्वर भण्डारीको युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे हेराैं