रोटरी क्लब  अफ भैरहवाद्धारा अपाङ्ग लाई ह्वीलचियर प्रदान

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर रोटरी क्लब  अफ भैरहवाले मारुती विजनेश हाउसको सहयोगमा अपाङ्ग अशक्तका लागी ह्वीलचियर प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गरेको हो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले सामाजिक क्षेत्रमा रोटरी क्लब अपm भैरहवाले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले अपाङ्ग अशक्तका लागी ह्वीलचियर जीवनको सहारा बन्ने बताए । अग्रवालले ह्वीलचियर पाउने सबैले यसको राम्रो सदुपयोग गर्न समेत आग्रह गरे ।

रोटरी क्लब अपm भैरहवाका अध्यक्ष सञ्जिव शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि अनिल अग्रवाल, डिष्ट्रिक ३२९२ रिजन ५ जोन २१ का असिष्टेन्ट गर्भनर खिम बहादुर कार्की लगायतले बोलेका थिए । धिरज अग्रवालको संयोजकत्व तथा साजनजंग राणाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।