लायन्स बुटवल देउरालीको स्पोन्सरमा पांचौं क्लब गठन

प्रकाशित मिति:

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा पाचौं क्लब लायन्स क्लब अफ बुटवल देउराली पीस गठन भएको छ । क्लबको अध्यक्षमा भाष्कर पाण्डे,प्रथम उपाध्यक्षमा साकार न्यौपाने, द्वितीय उपाध्यक्षमा दामोदर श्रेष्ठ,तृतीय उपाध्यक्षमा सञ्जय राना,सचिवमा मधु चापागार्ई,कोषाध्यक्षमा समीर गौतम,सहसचिवमा अर्जुन पाण्डे र सहकोषाध्यक्षमा अमित पौडेल चयन भएका छन् ।

यस्तै मेम्बरसीप डाइरेक्टरमा शिशिर अर्याल,टेमरमा यमप्रसाद भट्टराई,पीआरओमा खिमानन्द पौडेल, डाइरेक्टरहरुमा सन्तोष पौडेल,सन्तोष श्रेष्ठ,रामु न्यौपाने,दीपक योगी र भरत खड्का चयन भएका छन् । यस्तै सदस्यहरुमा विमल शर्मा,राजेन्द्र अर्याल,खुमबहादुर चन्द,गौरब बस्याल र सुनिल पाण्डे चयन भएका छन् । क्लब गठन कार्यक्रम लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलको उपस्थितिमा भएको हो । योसंगै लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा एक महिनाभित्रै पांचवटा लायन्स क्लब गठन भएका छन् ।

क्लबको वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले एक महिनाको अवधिमा लायन्स क्लब बुटवल देउराली पीस सहित महिलाहरुको दुईवटा क्लब पारिजात र साकुरा, तथा लायन्स क्लब अफ बुटवल दिव्य दृष्टि र लायन्स क्लब अफ बुटवल रेसुंगा गठन भएका हुन् ।