बुलेटको मेटिअर लन्च,५ मोडल बजारमा

प्रकाशित मिति:

बुटवल,  साउन-रोयल ईनफिल्डको नया मोडल मेटिअरका ३ नया भेरियन्ट बुटवलमा लन्च गरिएको छ। लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रालिले कालिकानगरमा बुधबार लन्च गरिएको हो। युवाहरु माझ रुचाईएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो।

बुधबार पाचौ मोडल मेटिअर बुटवलसहित देशभर लन्च गरिएको प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए। हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि ३ भेरिअन्टका यो उपलब्ध हुने उनले उनले बताए। मोडल अनुसारको फरक फरक मूल्य रहेको उनले बताए। सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजारमुल्यमा उपलब्ध हुने संचालक प्रेमराज गैरेले बताए । भारतका चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन भैरहेको छ। अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड अप्नाईएको छ। बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रिय डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे अौपचारिक रुपमा लन्च गरेका छन। कार्यक्रममा वाणिज्य उपाध्यक्ष नरिश्वर पाडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी पाण्डे, नेपाली काग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुषाल, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिए।