रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’ पत्रकार प्रतिक पौडेललाई

प्रकाशित मिति:

‘रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’ पत्रकार प्रतिक पौडेलले प्राप्त गरेका छन् । पत्रकारिताको माध्यमबाट रोटरी गतिविधिलाई समाजमा पुर्याएको भन्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले उनलाई नगदसहित सम्मान गरेको हो । पौडेललाई क्लबको शुक्रबार भएको पदस्थापना कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । क्लवका बर्ष २०२०–२०२१ का अध्यक्ष प्रकाश पोखरेलले ‘रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’ यसै वर्षदेखि प्रत्येक वर्ष दिने गरी पुरस्कारको स्थापना गरेका हुन् । सम्मानपत्रसहित पौडेलले नगद रु १२ हजार ३ सय ४५ रुपैयाँ प्राप्त गरेका छन् । पौडेललाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका वर्ष २०२०–२०२१ का अध्यक्ष प्रकाश पोखरेलले नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

पोखरेलका अनुसार रोटरीले गर्ने सामाजिक कार्यहरुको विषयमा कलम चलाउने पत्रकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने सोचका साथ आफ्नो कार्यकालमा पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ । पत्रकार पौडेल जनता टेलिभिजन एचडीका लुम्बिनी प्रदेश ब्युरो प्रमुख र खोजपात्रो डट कमका कार्यकारी सम्पादक हुन् । उनी समता टेलिभिजन एचडीमा पनि कार्यरत रहेका छन् ।