जनप्रतिनिधीमुखी सरकार आएपछि व्यापारीको समस्या झन जटिल बनदै गएको हाटबजार व्यवसायीहरुको गुनासो

प्रकाशित मिति:

रुपन्देहीका हाटबजार ब्यवसायीहरुले जनप्रतिनिधिमुखि सरकार मुलुकमा आएतापनि ब्यवसायिक समस्या झन जटिल बन्दै गएको गुनासो गरेका छन् । पहिले थोेरैथोरै बैठकि कर बुझाउदै आएका ब्यवसायीहरुले स्थानीय सरकार गठन भएसँगै ४ सयदेखि ६ सयसम्म बैठकी कर वृद्धि भएको प्रति आपत्ति जनाएका हुन् । हाटबजार ब्यवसायी संघ रुपन्देहीको बुटवलमा भएको १३ औं स्थापना दिवस तथा साधारणसभामा सहभागि भएका हाटबजार ब्यवसायिहरुले करको वृद्धिसँगै स्वरोजगार पेशा गरि जीविका चलाई रहेका ब्यवसायीप्रति गर्ने ब्यहारलाई स्पष्ट पारेको बताएका छन् । संघका अध्यक्ष भीमलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विकले ब्यवसायिका समस्याहरु धेरै भएकाले त्यसतर्फ जिल्ला समन्वय समिति सकारात्मक रहेको बताउनुभयो । उहााले स्थानीय तहले ब्यवसायिका समस्या सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डे, बुटवलका पुर्वमेयर पुनाराम पोखरेल, नेकपाका नेता बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, जिफन्टका नेता हरि कार्की, लुम्विनी फलफुल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष केशव कुवर, संघका उपाध्यक्ष छवीलाल चापागाई, महासचिव नेत्रप्रसाद पोखरेल लगायतले हाटबजार ब्यवसायिका समस्या स्थानीय सरकारले समाधान गर्नुपर्ने बताउनुभयो ।