लायन्स क्लबद्वारा संयुक्त बृक्षारोपण

प्रकाशित मिति:

बुटवल – लायन्स क्लब अफ बुटवल मेट्रोसिटी , लायन्स क्लब अफ लुम्बिनी सिटी एवम लियो क्लब अफ बुटवल मेट्रोसिटीको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित पाणिनी उद्यानमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स नवराज बञ्जाडे ,सरोज पोख्रेल र लियो दीपेन्द्र पौडेलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन लायन बिनोद सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सुबेदीले लायन्स क्लबहरु बातावरण संरक्षणका लागि समुदायमा कहिले सरसफाइ त कहिले बृक्षारोपण गर्दै अगाडी बढीरहेको बताउनुभएको थियो ।  साथै उहाले बृक्षारोपण गरिसकेपछी समयसमयमा गएर अबलोकन एबम संरक्षण गर्न पर्ने बताउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लियो दीपेन्द्र पौडेल , धन्यवाद मन्तब्य लायन सरोज पोख्रेलको रहेको थियो ।

कार्यक्रममा अतिथीहरु लियो बिनोद सुबेदी , राजन पौडेल , एकराज पाण्डे , गोबिन्द लामिछाने ,अशोक रिशाल , धुर्व प्रशाद कोइराला, प्रदिप जिसी र लायन्स मेट्रोसिटी , लुम्बिनी सिटी र लियो मेट्रोसिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले बुटवल १३ जितगढीमा रहेको पाणेनी उद्यान पार्क प्रवेश द्वारको मुल गेट तथा लायन्स बगैचा निर्माण गर्ने योजना अघी सारेको अध्यक्ष नवराज बञ्जाडेले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन लायन प्रदिप जिसीले गर्नुभएको थियो भने संयोजन लायन अशोक रिसालको रहेको थियो ।