रोटरी क्लव अफ बुटवल साउथद्वारा १३ जनालाई ‘कोभिड हिरो’को सम्मान

प्रकाशित मिति:

रोटरी क्लव अफ बुटवल साउथले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर कोरोना संक्रमित बिरामीलाई सहयोग गर्नेहरुलाई ‘कोभिड हिरो’को रुपमा सम्मान गरेको छ । कोरोना महामारीको समयमा अस्पतालमा उपचाररत बिरामीलाई खाना खुवाउने, रगत आवश्यक परेका बिरामीलाई रगतको आपूर्तिमा भूमिका खेल्ने, संक्रमित बिरामीलाई परामर्श तथा उपचारमा सहयोग गर्ने तथा अभियानमा सहयोग गर्ने १० जना र तीन वटा संस्थालाई कोभिड हिरोको रुपमा सम्मान गरेको हो ।

शुक्रबार साँझ आयोजना गरिएको क्लवको २१ औं पदस्थापन कार्यक्रममा कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर त्यसरी समाजको सेवा गरेका अमृतकुमार थापा (मार्टिन), दिपेश कंडेल, सन्दिप कसौधन, पबित्रा राना, बिशाल श्रेष्ठ, बिपिन कुवँर, हरि क्षेत्री, मंगल भण्डारी, कृष्ण चौहान क्षेत्री, डा. सन्तोष पोखरेल र संस्थागत रुपमा बुटवल सेरोफेरो हङ्कङ्, जनजाग्रिती युवा क्लव तिलोत्तमा र लेट नेपाल ब्रेथ युकेलाई सम्मान गरिएको हो । त्यसै क्लवका सदस्य दिनेश घिमिरेलाई मरणोपर्यन्त सम्मान गरिएको थियोभ ने पत्रकार कबिन्द्र नेपाल र रेनुका गिरीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै भगिनी क्लव रोट्रयाक्ट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीलाई जनही ३० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका ग्रामिण तथा शहरी बिकास मन्त्री हरि रिजालले समाज सेवामा रोटरीको भूमिका महत्वपूण रहेको औंल्याउँदै कार्यक्रममा आएपछि क्लवको महत्व अझै राम्रोसंग बुझ्ने मौका पाएको बताउनु भयो ।त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष प्रेम भुर्तेलले नवनिर्वाचित अध्यक्ष ध्रुव धिताललाई पद हस्तान्तरण गर्नुभयो । पदभार ग्रहण गर्दै अध्यक्ष धितालले क्लवले यस अगाडि गरेका गतिबिधिले आफूलाई सामाजिक काममा प्रतिस्पर्धाको चुनौती थपिएको र त्यसको सामाना गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष भुर्तेलले क्लवले यस अंगाडि सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम गर्न सुझाव दिनुभएको थियो । त्यसमा आफ्नो पूर्ण साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफू क्लवको अध्यक्ष भएपछि कोरोना महामारी फैलिएको र सोंचेजती काम गर्न नसकिएको बताउँदै उहाँले तरपनि कोभिड प्रभावितलाई राहत प्रदान गर्ने तथा उपचारललाई सहज बनाउनको लागि अस्पतालहरुमा स्वास्थ्य उपकरण प्रदान गर्ने लगायतका धेरै काम गरिएको बताउनु भयो । त्यस्तै ५ वटा स्पोन्सर क्लव गठन गरिएको र यो वर्ष थप ५ वटा क्लव गठन गर्ने लक्ष्य रहेको समेत उहाँले जानकारी गराउनु भयो । त्यस अवसरमा डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, एसिस्टेन्ट गभर्नर कृष्ण पाण्डे, क्लवका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, क्लवका प्रसिडेन्ट इलेक्ट टंकनाथ अधिकारी, सचिव निशानबाबु कार्की, शारदा पंगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा क्लवका नवप्रवेशी सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।