पत्रकार गौतम, गैरआवासिय नेपाली संघ(NRNA) पोर्तुगलको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित

प्रकाशित मिति:

साउन १६- गैरआवासिय नेपाली संघ(NRNA) पोर्तुगलको कार्यसमिति सदस्यमा चितवनकी पत्रकार पुनम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । स्थायी घर चितवन भएकी पत्रकार गौतमले लामो समय चितनमा रहेर पत्रकारिता गर्नुभएको थियो । चितवनको पहिलो स्थानीय बेसो टेलिभिजन मार्फत पत्रकारिता शुरु गर्नुभएको पत्रकार गौतमले रास्ट्रिय माउन्टेन टेलिभिजन हुँदै डिसि नेपाल डट.कम संगै जिल्लाकै विभिन्न अनलाइनहरुमा समेत काम गरिसक्नु भएको छ ।

पत्रकारिता कै सिलसिलामा विगत केही वर्ष देखी पोर्तुगललाइ कर्मथलो बनाइ रहनुभएकि पत्रकार गौतम अहिले गैरआवासीय नेपाली संघ पोर्तुगलको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । ८ औं अधिवेशनका लागि पत्रकार गौतम सहित १५ जना कार्यसमिति सदस्य निर्विरोध भएका हुन् । नेपाली नारी समाज पोर्तुगलकी महासचिव समेत रहनु भएकी पत्रकार गौतमले समाजको मातहतमा रहेर नेपालमा हुने विभिन्न किसिमका समस्याहरुमा हातेमालो गर्ने गर्नुभएको छ ।

केही समय अगाडि मात्रै उहाँ सहित समाजको पहलमा कोरोना महामारी बाट आक्रान्त बनेको नेपाललाई अक्सिजन सिलिन्डर अभियान चलाएर वरिष्ठ पत्रकार रवि लामिछाने मार्फत सिलिन्डर खरिदका लागि करिव ५ लाख रुपैयाँ र सिन्धुपाल्चोकमा गएको बाढी पहिरोका लागि आवश्यक स्वास्थ सामाग्री सहित राहत सामाग्री बितरण गरिएको थियो । समाजिक कार्यमा अग्रसर पत्रकार गौतमले पोर्तुगलमा हुने विविध किसिमका व्यतिथिको अन्त्यका लागि आफ्नो भुमिका रहने बताउनु भयो । यस अघिको कार्यकालमा आफू संघ भित्र नरहेता पनि समयानुकूल काम गर्ने अवसर पाएकाले समाज रुपान्तरणमा चासो बढेको बताउनु भयो ।

पोर्तुगलमा पनि समयानुसार मिलाएर पत्रकारितामा कलम चलाएकी पत्रकार गौतम नेपाली नारी समाज पोर्तुगलकी वर्तमान महासचिव हुन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आठौं अधिवेशनको पहिलो सत्र शनिबार भर्चुअल मार्फत सम्पन्न भएको छ भने निर्वाचन आइतबार बिहान १० बजेबाट लिस्वन स्थित आन्जुसको जिनासियो क्लबमा हुनेछ ।