तलबभत्ता नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

प्रकाशित मिति:

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।पारिश्रमिक, आवास सुविधा नलिने सोमबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरेर उनले बताएका छन्। तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री हुन्जेल ती संघसंस्थाबाट अलग रहेको पनि बताए।उनले एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन्।व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।