जल्ला ट्राफिक प्रमुख जि.सीको सक्रियता : पार्किङलाई व्यवस्थित बनाउन रोडमा मार्किङ

प्रकाशित मिति:

सुरेश परियार,१८ साउन । रुपन्देही जिल्ला ट्राफिक कार्यालयले नयाँ कार्यको थालनी गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरी सडकमै चिन्ह कोर्ने कामको सुरुवात गरेको हो ।रुपन्देही जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक दिवश जि.सीले अब्यवस्थित बजारलाई ब्यवस्थित गर्न सवै तहको समन्वयमा रोडमा मार्किङ गर्न लागीएको बताएका छन् ।

सोमबार(आज) बैंकरोडदेखि रोड मार्किङ सुरु गरिएकोे छ । सवारी तथा मोटरसाइकल एकै ठाउँमा पार्किङ गर्दा अव्यवस्थित जस्तो देखिएपछि सडकमा ब्लक छुट्टयाउन मार्किङ गरिएको प्रहरी निरीक्षक जि.सी.ले बताए । ‘बैंकरोडस्थित भीम अस्पताल सडकमा पहिलेदेखि नै एकसाइडमा पार्किड हुँदै आएको छ, तर एउटै साइडमा गाडी र मोटरसाइकल पार्किड गर्दा अव्यवस्थित देखिन्थ्यो, ’उनले भने । सडकमा मार्किङ गरेसंगै सवारी चालकलाई पार्किङ गर्न र आवागमनमा पनि सहज हुने अपेक्षा लिइएको जि.सीले बताए ।मार्किङ गरेपछि पनि पार्किङमा अव्यवस्थित देखिए ट्राफिक नियम अनुसार तुरुन्त कारवाही गरिने बताइएको छ ।

पहिलो चरणमा सोमबार र मंगलबार बैंकरोडदेखि देवकोटाचोकसम्म मार्किङ गर्ने र दोस्रो चरणमा बर्मेलीटोलदेखि मिलनचोकसम्म गर्ने उनको भनाइ छ । त्यसपछि नागरिकको के कस्तो प्रतिक्रिया आउँछ, सोही आधारमा निणर्य गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही अगाडी बढ्ने प्रमुख जि.सी.ले बताए । पार्किङलाई थप व्यवस्थित बनाउन रोड मार्किङ कार्यको थालनी गरिए संगै ब्यापारी,ब्यवसायी तथा पैदलयात्रीले यो कार्यलाई प्रंशसा गरेका छन् । स्थानीय तहका जनप्रतिनिधी,उधोग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो । रुपन्देही जिल्ला भरि नै रोडमार्कीङले तिव्रता पाउने प्रहरीको भनाई छ ।