पार्टी सभापतिको अधिकारको विषयलाई लिएर कांग्रेसका केन्द्रीय सदस्यहरू विभाजीत

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी सभापतिको अधिकारको विषयलाई लिएर विभाजीत भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका युवा केन्द्रीय सदस्यहरू पार्टी नयाँ विधानमा सभापतिलाई दिने अधिकारका विषयमा विभाजित बनेका हुन्। पार्टी विधानमाथि जद्रीय समितिको मंगलबारको छलफलमा सहभागी सदस्यहरूले पदाधिकारी संख्या थप गर्नुपर्ने र गर्नु नहुनेमा पनि विभाजित भएका छन्। थपिएका पदाधिकारी चयनबारे केन्द्रीय सदस्य धनराज गुरुङ र अर्का सदस्य गगनकुमार थापाबीच पनि मत विभाजित भएको छ।

केन्द्रीय सदस्य गुरुङले पार्टी पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिए। तर टिकट वितरण गर्ने संसदीय समिति पार्टी सभापतिलाई नै मनोनित गर्ने अधिकार दिनुपर्ने तर्क गर्दै उनले भने, ‘सभापतिले चाहेको व्यक्ति टिकट वितरण समितिमा राख्नुहुन्छ। पहिलो पार्टी बने सभापति नै प्रधानमन्त्री बन्ने हारे नैतिकताको आधारमा नेतृत्व छाड्ने व्यवस्था हुनपर्छ।’क्षेत्रीय प्रतिनिधिबाटै सभापति निर्वाचित हुने व्यवस्था विधानमा गर्नुपर्ने तर्क अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई दिनुपर्छ।’ सभापतिले चाहेको व्यक्तिलाई पदाधिकारीमा मनोनित गर्दै आएको दाबी गर्दै अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले सभापतिलाई नै पदाधिकारी मनोनित गर्ने अधिकार दिनुपर्ने धारणा राखे।‘सभापतिले चाहेको व्यक्ति टिकट वितरण समितिमा राख्नुहुन्छ। पहिलो पार्टी बने सभापति नै प्रधानमन्त्री बन्ने हारे नैतिकताको आधारमा नेतृत्व छाड्ने व्यवस्था हुनपर्छ।’केन्द्रीय सदस्य एनपी साउदले केन्द्रीय समितिको आधार र पदाधिकारी आकार न्यूनतम हुनुपर्ने धारणा राखे। ‘पदाधिकारी र केन्द्रीय समितिको आकार लिमिटेड हुनुपर्छ,’ उनले भने, ‘यदि पदाधिकारी संख्या बढाउने हो भने व्यक्तिलाई हेरेर होइन संघीयता र समावेशीतालाई आधार बनाउनुपर्छ।’तर अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्टसँग प्रतिष्पर्धाका लागि पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउनुपर्ने तर्क गरेका छन्। प्रदेशलाई बलियो नबनाएसम्म पार्टी संगठन बलिाये नहुने जिकिर गर्दै भट्टराईले भने, ‘सहमहामन्त्री संयोजक रहनेगरी सातै प्रदेशमा पार्टीको स्थायी कार्यालय राख्नुपर्छ।’

समानुपातिक समावेशी सिद्धान्तका आधारमा पार्टीमा प्रतिनिधित्व गराउँदा संगठन निर्माणमा कति बल पुगेको छ भन्ने प्रश्न गर्दै भट्टराईले जातजातिका आधारमा संक्रिण बन्न नहुने तर्क गरे। पार्टीको अनुशासन समितिलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘एकाथरी महाराजा कांग्रेस अर्को प्रजा कांग्रेस हुनुभएन। दुवैलाई अनुशासनको दायरामा ल्याउनुपर्छ।’