आजको दिन हेर्नुहोस् ।

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १९ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष कृष्णपक्षको त्रयोदशी तिथि दिवा १२.२१ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र विहान राति ४।२३ बजेसम्म रहनेछ । आज अतिगण्ड योग भद्रा करण रहेको छ । आज सूर्योदय ६.४१ मा भयो भने सूर्यास्त बेलुका ५.६ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।
आज बालाचतुर्दशीको अघिल्लो दिन हो । आज बेलुका पितृलाई दीपदान गर्ने धार्मिक चलन रहेको छ । यो वर्ष देहान्त भएका पितृलाई आज दीप दान गर्नाले उत्तमलोक प्राप्त हुने शास्त्रीय मान्यता रहेकोछ । आज बेलुका संंकल्पपूर्वक दीप दानका साथै भोलि अर्थात् बालाचतुर्दशीमा शतबीज छर्नाले पितृ प्रशन्न भई सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । यसैगरी शिवालयमा दीपदान गरी श्लेष्मान्तक वनमा शतबीज छर्नाले शिवजी पनि प्रशन्न हुनुहुन्छ भन्ने शिवपुराणमा उल्लेख पाइन्छ ।