नेविसंघ स्याङ्जा द्धारा स्वर्गिय कमलप्रसाद पंगेनीको नाममा अक्षयकोष स्थापना

प्रकाशित मिति:

नेविसंघ स्याङ्जाले अक्षयकोष स्थापना गरी स्वर्गिय कमलप्रसाद पंगेनीको तेस्रो स्मृति दिवश मनाएको छ । नेविसंघ स्याङ्जाले स्वर्गिय कमलप्रसाद पंगेनीको नाममा अक्षयकोष स्थापना गरैको हो । संविधान सभाका सदस्य एवं नेपाली काङ्ग्रेश स्याङ्जाका जिल्ला सभापति स्वर्गिय कमल प्रसाद पंगेनी हृदयघातका कारण गत २०७५ साउन २० गतेका दिन असमायिक निधन भएको थियो भिरकोट वडा नंं.२ मा रहेको दहथुम मावीमा एसएलसी सम्मको शिक्षा हासिल गरेका पंगेनी त्यस पश्चात उच्च शिक्षा हासिलका निमित्त अन्यन्त्र गएका थिए ।

दहथुम मावीमा बाल्यकाल बिताएका पंगेनी नेवी सघको केन्द्रिय सदस्य नेपाली काङ्ग्रेशको जिल्ला सभापति हुदै २०७० सालमा संविधान सभाको सदस्य मात्र भएका थिए । साना देखी वृद्ध सम्म सबैलाई सहअस्तित्व समान व्यवाहार दुरदर्शी स्पष्ट बक्ता विकासप्रेमी र असल राजनितिज्ञको रुपमा स्याङ्जा बासीले लिने गरेको नेपाली काङ्ग्रेश महाधिवेशन प्रतिनिधि सभाका सदस्य गोविन्द कुमार कर्माचार्यले बताउनुभयो ।पंगेनीको तेस्रोस्मृति दिवशमा नेविसंघ स्याङ्जाले स्वर्गिय पंगेनी जय नेपाल छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको हो ।

जसमा नेविसंघ स्याङ्जाले ५ हजार , संविधान सभा सदस्य राजु थापाले ५ हजार ,नेपाली काङ्ग्रेश भिरकोटका सभापति तोयानाथ अर्यालबाट ५ हजार ,नेका महाधिवेशन प्रतिनिधी गोविन्द कुमार कर्माचार्यबाट ५ हजार ५ गरी ३० हजार ५ को अक्षयकोषको स्थापना गरिएको छ । उक्त रकम नेविसंघ स्याङ्जाले विद्यालय परिवारलाई स्वर्गिय कमलप्रसाद पंगेनी जय नेपाल छात्राबृती अक्षयकोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको छ ।कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधी गोविन्द कुमार कर्माचार्य , नेवि संघ क्षेत्रिय सभापति विश्वास लम्साल , नेपाल महिला संघ जिल्ला सहसचिव इन्दिरा केसी , दहथुम मावीका प्रअ वेदप्रसाद अर्याल , नेविसंघ पूर्व क्षेत्रिय सचिव हिमप्रसाद गुरुङ , नेवि संघ भिरकोट सभापति लक्ष्मण अधिकारी , लगायतले स्वर्गिय पंगेनिले प्रतिपादन गरिएको निति र मार्ग दर्शनलाई आउने पिढीले अनुशरण गर्नुपर्ने बताएका थिए ।

नेविसंघ जिल्ला सभापति अजित क्षेत्रिको सभापतित्वमा सम्पन्न कार्यmमको संचालन साविक क्षेत्र नंं. २ का क्षेत्रिय सचिव एसिव शरण महतले र स्वागत जिल्ला कोषाध्यक्ष धुव्र पंगेनिले गर्नुभएको थियो ।नेविसंघ स्याङ्जाले स्याङ्जाका १०० जना प्रजातान्त्रीक योद्धाहरुको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने लक्ष समेत लिएको छ । साथै जय नेपाल छात्रबृत्ति अक्षयकोष स्थापना पश्चात गरिब तथा जेहेन्दार विद्यार्थीहरुलेआफ्नो शैक्षिक क्रियाकलाप बृद्धि गरी उज्जवल भविष्य निर्माणका लागि टेवा पु¥याउने नेविसंघ स्याङ्जालेआसा एवं विश्वास लिएको छ ।