जाडोको डाइट

प्रकाशित मिति:

महिलाको तुलनामा पुरुषलाई धेरै डाइट खानुपर्छ । त्यसमा पनि चिसो मौसममा पुरुषको शरीरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ । तसर्थ स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाउँछन् ।

के खानुपर्छ त रः
१, छोकडा– छोकडामा भिटामिन र मिनिरल्स हुन्छ । यसले ताकत र शक्ति मिल्दछ । रातिमा एक गिलास तातो दूधमा छोकडा मिसाएर पिउँदा राम्रो फाइदा गर्दछ ।

२, ओखर– ओखरमा ओमेगा–३ पाइन्छ । यसले पुरुष अंगमा रगतको गति बढाउन मद्धत गर्छ । दैनिक एक मुठ्ठी ९७५ ग्राम० ओखर खाने हो भने स्पर्मको संख्या र आकार पनि बढाउँछ ।

३, अण्डा– अण्डामा प्रोटिन, क्याल्सियम र आइरन हुन्छ । चिसो मौसमको दिनमा अण्डा खाने हो भने शरीरलाई तातो बनाउँछ र शक्ति प्रदान गर्छ । दैनिक बिहान खाजामा दुई वटा उसिनेको अण्डा खानु लाभदायक हुन्छ ।

४, अंगुर– अंगुर एन्टि अक्सिडेन्ट हो । यसको प्रयोगले छालालाई ताजा राख्छ । दैनिक एक कचौरा अंगुर वा एक गिलास अंगुरको रस खानु राम्रो हो ।

५, गाजर–गाजरमा भिटामिन तथा एन्टि अक्सिडेन्ट भएकाले गाजरको प्रयोग गर्नुपर्छ । यसले छाला राम्रो हुनुका साथै स्पर्मको संख्या बढाउँछ । दैनिक काँचो गाजर खानु राम्रो हो ।

६, अनार– अनारमा अक्सिडेन्ट हुन्छ । वृद्ध बनाउने गतिलाई कम गर्छ । वीर्य उत्पादनलाई मद्धत गर्छ ।

७, अमला– अमलामा आइरन र भिटामिन हुन्छ । यसले वृद्ध बनाउने गति रोक्छ । यसले कपालसमेत कालो पार्ने काम गर्छ ।

८, लसुन– लसुनमा भएको एलिसन कम्पाउण्डले पुरुष अंगमा रगत संचार गराउँछ । दैनिक ३–४ वटा केस्रा लसुन खाँदा शुक्रकीटको संख्यासमेत बढाउँछ ।

९, स्याउ– यसमा भिटामिन र मिलिरल्स हुने भएकाले दैनिक खानु राम्रो हुन्छ ।

१०, अम्बा– अम्बामा भिटामिन सी हुन्छ । यसले लामो समयसम्म जवान राख्न पनि मद्धत गर्छ । दैनिक एउटा अम्बा खान सकियो भने त्यो निकै लाभदायक हुन्छ ।