यामाहाको आर वान फाईभ भि थ्री नेपालमा

प्रकाशित मिति:

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित सुपर स्पोर्टस् बाइक आरवान फाईभ भर्सन ३.० सार्वजनिक गरेको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भिभिए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ।

सन् १९९८ मा यामाहा आर १ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फर्मेन्स दिने फिचरहरु राखेको छ। यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपिएममा १९.३ पिएसको पावर र ८५०० आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ।

आर वान फाईभ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भिभिए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपिएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फर्मेन्सलाई अझ दमदार बनाइदिन्छ। त्यसैगरी, ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ।