लुम्बिनीको विशेष अधिवेशन रोक्न दायर रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं, साउन २४ लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । हकदैया नपुगेको बताउँदै सर्वोच्च प्रशासनले रिट दरपिठ गरिदिएको हो ।
विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनमा विशेष अधिवेशन आह्वान गरेका छन् । अधिवक्ता प्रवेश केसीले त्यसविरुद्ध रिट दायर गर्न खोजेका थिए । तर, असम्बन्धित पक्षले रिट लिएर आएको बताउँदै सर्वोच्च प्रशासनले दरपिठ गरेको हो ।