कांग्रेसको विधान मस्यौदामाथिको छलफल आज पनि जारी रहने

प्रकाशित मिति:

मंसिर १९,काठमाडौं– नेपाली कांग्रेसको विधान मस्यौदामाथिको छलफल बुधबार पनि जारी रहने भएको छ । छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा मध्याह्न १२ बजे शुरु हुँदैछ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले पेस गरेको फरक मत सहितको विधान मस्यौदामा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कांग्रेसले जनाएको छ । विधान मस्यौदामाथिको छलफलको पाँचौ दिनसम्मको छलफलमा ४७ जनाले धारणा राखेका छन् ।

धारणा राख्न अन्य सदस्यले पनि नाम टिपाएकाले बैठक शुक्रवारसम्म जारी रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आजको बैठकमा सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेस हुने छ । हिजै पेश गर्ने भनिएपनि समय अभावले आजको बैठकमा आर्थिक प्रतिबेदन पेश गर्न लागिएको शर्माले बताए ।