मालामाल हुने भयो नेपाल प्रहरी, आउँदै छ गज्जव व्यवस्था

प्रकाशित मिति:

काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीमा एक तह बढुवा गर्ने गरेर विधेयकको तयारी भएको छ । विधेयकका केही प्रावधानलाई लिएर प्रहरीभित्र असन्तुष्टि छ ।

सरकारले निजामती कर्मचारीलाई जस्तै नेपाल प्रहरीमा पनि सुविधा दिन लागेको हो । प्रहरी समायोजन विधेयकको मस्यौदामा प्रदेशमा समायोजन हुन चाहने प्रहरीलाई एक तह बढुवाको सुविधा दिइनेछ ।

कानून, संसदीय व्यवस्था तथा न्याय मन्त्रालयले विधेयकको मस्यौदामा सोमबार आफ्नो राय दिई गृह मन्त्रालय पठाएको स्रोतले जनाएको छ ।

समायोजन गर्दा प्रहरी नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि योग्यता पुगेका प्रहरीले एक तह बढुवा पाउनेछन् । प्रहरी ऐनमा केही निश्चित प्रक्रियाहरू बनाइएका छन् ।

कार्यरत पदको अवधि तथा शैक्षिक योग्यतालगायत विषय पर्दछन् । कुन तहसम्मका प्रहरीलाई एक तह बढुवाको सुविधा दिने तय भैसकेको छैन ।

सरकारले प्रहरी समायोजन ऐन अध्यादेशमार्फत ल्याउनेछ । समायोजनका लागि सुरुमा समायोजन हुन चाहेको प्रदेश छनोट गरेर आवेदन दिनुपर्नेछ ।

विधेयकको मस्यौदामा समायोजनअघि सबै प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षण हुनेछ । कुन पदमा कति प्रहरी आवश्यक रहेको तय गरी समायोजनमा एक तह बढुवाको निर्णय हुनेछ ।