गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी सहित प्यानल बिजयी

प्रकाशित मिति:

पुनम गौतम/ साउन २८-  लिस्वनरगैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको अध्यक्षमा सर्बाधिक मतसहित युवा व्यवसायी रविन अधिकारी चयन हुनुभएको छ । अध्यक्ष अधिकारीले निकटतम् प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा विजयी हुनु भएको हो । रविनले कुल ७९४ मत ल्याउँदा शेर्पाले १५० मत प्राप्त गरेका छन । यता आइसीसी सदस्यमा भिमसेन थापा विजयी हुनुभएको छ । थापासँगै चुनावी मैदानमा उत्रिएका हेमराज सुवेदीले २७६ मत मात्रै प्राप्त गरेका थिए । दुई चरणमा भएको संघको निर्बाचनबाट बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ विजयी हुनुभएको छ । उहाले ६०३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी बिष्णु बस्नेतले ३४४ मत प्राप्त गर्नुभयो । बुधबार भएको मतगणनाबाट संघको महिला उपाध्यक्षमा दीपा काफ्ले निर्बाचित हुनु भएको छ । उहाँले ५६७ मत पाउँदा सोही पदकी प्रत्यासी निर्मला ढकालले ३०९ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै संघको उपाध्यक्षमा दिनेश भण्डारी र उमेश खड्का विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ६५६ र ५३७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी सुरेश पुनले २७३ मत मात्रै पाउनु भएको थियोे । यता महासचिवमा राजकुमार थापाले बाजी मार्नुभएको छ । थापाले ५४१ मत पाउँदा अर्का प्रत्यासी सुमन शर्माले ३५० मत पाउनु भयो । उहाँहरु दुवै क्रमशः केपी शर्मा ओली र माधव नेपाल समुहका हुन ।यस्तै संघको नयाँ कार्यसमितिको सचिवमा रवि अर्याल र राजेश दुलाल विजयी भएका छन । उहाँहरुले क्रमशः ५६४ र ५२४ मत प्राप्त गर्नुभएको छ । यता निकटतम् प्रतिस्पर्धी मिलन रेग्मीले भने ३६८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सघको कोषाध्यक्षमा युवराज खनाल विजयी हुनुभएको छ । उहाँले ५८० मत पाउँदा प्रतिस्पर्धी शान्ति अधिकारीले २९६ मत मात्रै प्राप्त गर्नुभयो । यस्तै सह कोषाध्यक्षमा नविन सापकोटा विजयी भएका छन । सापकोटाले ६२९ मत पाउँदा उहाँका प्रतिस्पर्धी राजेन्द्र प्रसाद डुम्रेले २३१ मत पाउनु भएको थियो । उता संघको महिला संयोजकमा सीता ढकाल विजयी हुनुभएको छ । उहाँले ६५० मत पाउँदा दीपा लिम्बुले २६७ मत प्राप्त गर्नुभयो ।

यसअघि युवा संयोजक, लेखा समिति संयोजक र सदस्यहरु निर्विरोध भइसकेका छन् । संघको निर्बाचनमा नेपाली जनसम्पर्क समिति पोर्चुगलसँग माओवादी र माधव पक्षले सहमति गरेको थियो भने केपी शर्मा ओली पक्षसँग जनता समाजवादी पार्टीले चुनावी सहमति गरेको थियो ।कुल १ हजार ६ सय ८८ पञ्जिकृत सदस्य रहेको पोर्चुगलमा १ हजार ५ मत खसेको थियो । जहाँ लिस्वनमा ६३४ मत खस्दा अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा ३७१ मत खसेको निर्बाचन संयोजक रमेश कुमार गुरुङले जानकारी दिनुभयो । यि क्षेत्रहरुमा भने अनलाइन भोटिङ भएको थियो ।