सैनामैनाको एक सामुदायिक स्कुलमा विज्ञान विषय सञ्चालन,अति विपन्न परिवारले ‘निशुल्क’पढ्न पाउने

प्रकाशित मिति:

सुरेश परियार-एक सामुदायिक विद्यालयले विज्ञान विषयलाई सञ्चालनमा ल्याएको छ । रुपन्देहीको सैनामैना वडा न.१ रानीवगिया स्थित सैनामैना पर्रोहा परमेश्वर नुमना माध्यमिक विद्यालयले कक्षा ११मा विज्ञान संकाय सञ्चालनमा ल्याएको विद्यालयका प्राधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए ।शैक्षिक क्षेत्रमा उल्लेखीय प्रगति गरेको पश्चिम क्षेत्रर्कै एक सामुदायिक विद्यालय सैनामैना पर्रोहा परमेश्वर नुमना माध्यमिकमा विज्ञान संकाय यस वर्ष देखि आरम्भ भएको हो ।

गरिब तथा अतिविपन्न परिवारको विधार्थीहरुले निशुल्क विज्ञान विषय अध्ययन गर्न पाउने छन भने सम्पन्न विधार्थीहरुले निजि विधालयको तुलनामा न्यून शुल्क लिने बताइएको छ ।विज्ञान विषयका लागी आवश्यक तयारी पुरा भएको भन्दै ल्याप र प्रयोगात्मक तरिकले शिक्षण हुने आज पत्रकार सम्मेलन मार्फत विद्यालयले बताएको छ ।सुविधा सम्पन्न भौतिक संरचनाबाट विधार्थीहरुले अध्ययन गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले बताएका छन् । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विधालयमा विज्ञान विषयलाई पनि समाहित गरेको बस्यालले बताए ।

परिस्थितिको माग र विधार्थीहरुको चाहाना अनुसार सरकारी स्कुलमा विज्ञान विषय सञ्चालनमा ल्याइएको विधालयका प्राधानाध्यापक नेत्रलाल पुरीले बताएका छन् । अनुभबि शिक्षक र प्रयोगात्मक तरिकाले विधार्थीहरुले विज्ञान विषयमा पठनपाठन गरिने बताए । विधालयको आन्तरिक आर्थिक स्रोतले विज्ञान सकांय सञ्चालन गरिने प्राधानाध्यापक पुरीले उल्लेख गरे । विधालयको भौतिक सुधार संगै शैक्षिक गुणस्तरमा सधै लागेको बताइएको छ ।सोही अवसरमा एसईईमा उत्र्तिण विधार्थीहरुलाई सम्मान समेत गरिएको छ भने यस वर्षको भित्तपात्रो समेत विमोचन भएको हो ।कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षता,विद्यालयका प्राधानाध्यापक नेत्रलाल पुरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चानलन भने विधालयका शिक्षक हरि पौडेलको रहेको थियो ।