रुपन्देही टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन

प्रकाशित मिति:

रुपन्देही टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ। विभिन्न रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको टिम नेपोको जिल्ला संयोजकमा सुमन पोखरेल नियुक्त भएका छन्। पोखरेल बर्ष २०२०-२१ टिम नेपो बुटवलको अध्यक्ष समेत रहेका थिए ।

 

त्यस्तै सह–जिल्ला प्रतिनिधिमा अमृत भण्डारी र लक्ष्मी केसी, मेम्बरसिप कोर्डिनेटरमा शोभा भुषाल, पब्लिसिस्टमा आशिष पौडेल, पार्टनरसिप कोर्डिनेटरमा आशिष खनाल र इडिटरमा कमल बुचा चयन भएका छ्न। टिम नेपो रुपन्देही जिल्लाको इमिडिएट पास्ट डिष्ट्रीक रिप्रीजेन्टेटिभ भने जनक भण्डारी रहेका छन् ।