दिपक न्यौपाने \लुम्बिनी इन्जिनियरीङ कलेज भलवारीमा अनेरास्वबियु कमिटी गठन गरिएको छ । सुझाब पौडेलको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा किरणबिक्रम कुवर रहनु भएको छ भने सचिबमा सिना घिमिरे र कोषाध्यक्षमा आशिष गौतम चयन हुनुभएको छ । यसैगरी कमिटी गठन भएलगत्तै कक्षागत कमिटिहरु समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पौडेलले बिधार्थि हकहितका निम्ति आफु र सम्पुर्ण कमिटि लागी पर्ने प्रतीबद्धता जनाए । कार्यक्रममा अनेरास्ववियु रुपन्देहिका अध्यक्ष लेखनाथ खनाल , सागर पन्थ,तुल्सि वस्ति लगायतले बोल्दै बिधार्थी आन्दोलनका लागी आफुहरु सदैब तयार रहेको बताए । क्याम्पस कमिटीको आकस्मिक बसेको पहिलो बैठकबाट सम्पुर्ण बिधार्थिको लागी कलेज बस निशुल्क सन्चालन गर्नुपर्ने , कलेजमा अटोक्याड टु र थ्रि डि लगत्तै सन्चालन गर्नुपर्ने र हेल्थकेयर सेन्टरको ब्यबस्था हुनुपर्ने लगायतका बिषयमा छलफल गरी मागको सम्बोधन गर्न अल्टिमेटम दिएको कोषाध्यक्ष आशिष गौतमले बताए ।