लायन्स बटौलीद्धारा फुल गमला हस्तान्तरण

प्रकाशित मिति:

साउन ३० – लायन्स क्लव अफ बटौली तथा लियो क्ल्व अफ बटौलीले आज सयुत्त रुपमा फुलका बिरुवाा तथा बिरुवा राख्ने गमला हस्तान्तरण गरेका छन् । क्ल्वले आज एक कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु बुटवल १ मा अवस्थ्ति बुटवल मा.विलाई हस्तान्तरण गरेको हो ।
लायन्स तथा लियो क्लवका अध्यक्षद्धय लोक प्रसाद भण्डारी र निलकण्ठ बस्याल ज्युको सयुक्त अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा बुटवल उपमहानगरपालीका वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले बुटवलकै पुरानो बिद्यालयमा आएर सहयोग गरेको भन्दै धन्यवाद दिनु भयो ।

फुलका बिरुवा तथा गमला लगायतका सामाग्री लिदै बिद्यालका प्राचार्य घनश्याम गौतमले बिद्यालयका भौतिक गुणस्तर बृद्धिका लागी विभिन्न समयमा हुने यस्ता सहयोगहरुले टेवा पुगेको उल्लेख गर्नु भयो ।लायन्स जिल्ला परिषद ३२५ बी २ का एरिया ४ कोर्डिनेटर जिवन गौतम, क्लवका सस्थाापक अध्यक्ष तथा रिजन ४९ च्यरपर्सन बिनित भट्टराई, लियो जिल्ला परिषद ३२५ बी २ का उपाध्यक्ष लिला मणी न्यौपाने लागयतले बाल्नु भएको थियो । क्लवका सचिव श्रीधर पोख्रेलको संचालनमा कार्यक्रम भएको थियो ।