राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पाकिस्तानलाई शुभकामना

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई आज बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।