बुटवल– लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे बस्ने गरि नवौं अधिवेशन आह्वान गरेका हुन्।प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको जनाएका हुन ।
प्रदेशमा संविधानको धारा १६८९२० बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। हिउँदे अधिवेशनको शुरुकै दिनमा केसीले विश्वासको मत लिनसक्ने आकंलन गरिएको छ। संसदीय अंक गणितमा केहि सांसदहरुको संख्याले केसी नेतृत्वको सरकार बनेको छ।
चार दलीय गठबन्धनले चलाखीपूर्ण रुपमा चाँडै विश्वासको मत लिएर ढुक्क हुन खोजेको एक नेताले बताए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चुनाव चिन्हबाट चुनाव जितेका एक जना सरकारमा सहभागी भएका छन्।