नेपाल एयरलाइन्सको विमान दक्षिण कोरियामा पनि सञ्चालन गर्ने तयारी

प्रकाशित मिति:

काठमाडौं– सरकारले दक्षिण कोरियामा पनि विमान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा बाह्य पर्यटकहरुको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान विभिन्न मुलुकमा सञ्चालन गर्ने संकल्प लिएको पनि स्पष्ट पारे ।

मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको दावी पनि गरे । नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ । मन्त्री अधिकारीले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुर्याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।