जूममा आयो गज्जबको फिचर, अब अनलाइन क्लासका बेला विद्यार्थीलाई डिस्टर्ब नहुने

प्रकाशित मिति:

भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम पछिल्लो समयमा कामकाजी मानिसहरुका लागि दैनिकी जस्तै बनिरहेको छ । महामारीका कारण घरबाटै काम गर्न बाध्य धेरै मानिसहरुका लागि कार्यालयको कामको सन्दर्भमा हुने बैठक तथा अन्तरक्रिया आदिका लागि जूमको प्रयोग अनिवार्य जस्तै बनिरहेको छ । अझ विद्यालयमा जान नपाएर घरबाटै भर्चुअल माध्यमबाट पठनपाठन गरिरहेका विद्यार्थीहरुको माझमा जूम सर्वाधिक प्रयोग हुने प्लाटर्फमको रुपमा रहेको छ ।

लोकप्रियताको सिँढी चढिरहेको जूमले पछिल्लो समयमा एक नयाा फिचर थप गरेको छ, जसको नाम फोकस मोड हो ।अनलाइन अर्थात् भर्चुअल कक्षाका बेला विद्यार्थीहरुको ध्यान नभड्कियोस् र विद्यार्थीहरु पढाइका बेला कक्षामै केन्द्रित होउन् भन्ने अभिप्रायले जूमले उक्त फिचर पेस गरेको बताइएको छ ।फोकस मोड फिचरको माध्यमबाट शिक्षकहरुले विद्यार्थीका भिडियो तथा स्क्रिन शेयरहरु हाइड गर्न सक्दछन् । यस्तोमा विद्यार्थीहरुले कक्षामा अरु को को विद्यार्थी छन् भन्ने देख्न पाउँदैनन्, जबकि शिक्षकले भने सबै विद्यार्थी तथा उनीहरुका स्क्रिन शेयर पनि हेर्न सक्दछन् ।जूमको फोकस मोडको सहायताले होस्टले आवश्यक परेको बेला वा चाहेका बेलासहभागीलाई सजिलैसाग भिजिबल गराउन सक्दछ । अर्थात् कुनै भर्चुअल क्लासमा शिक्षकसँग फोकस मोड अफ गर्ने वा अन गर्ने अधिकार रहन्छ । कुनै विषयवस्तुमा विद्यार्थीहरुबीच एक अर्कालाई हेर्दै अन्तरक्रिया गर्नुपर्ने भएमा फोकस मोड बन्द गरेर सबैका स्क्रिन देखाइदिने र शिक्षकले पढाइरहेको कुरामा केन्द्रित हुनुपर्दा फोकस मोड अन गरेर सहभागीहरुले शिक्षकलाई मात्र देख्ने बनाउादा अनलाइन कक्षा निकै प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ ।

फोकस मोडमा सहभागीले अर्को सहभागीको स्क्रिन तथा अनुहार देख्न पाउँदैन । तथापि सहभागीहरुको नाम हेर्न, इमोजी प्रतिक्रिया पठाउन, अनम्यूट गरेर आफ्नो बोली अरुलाई सुनाउन वा अरुको बोली सुन्न तथा आफ्नो भिडियो चाहिँ देख्न पनि पाउँदछ ।जूमको यो फिचरबाट भर्चुअल क्लास सञ्चालन गर्ने शिक्षकहरु खुसी हुने देखिन्छ । साथै यसको प्रयोग भर्चुअल कर्पोरेट बैठकका बेला पनि गर्न सकिन्छ ।एक सहभागीलाई अर्कोसँग नदेखाउने यो फिचर केही हदसम्म वेबिनार जस्तै प्रतित हुन्छ । अर्थात् जूमको प्रयोग वेबिनार आयोजना गर्न पनि गर्न सक्नुहुनेछ । तथापि यसमा होस्टसँग कुनैपनि बेला सबै सहभागीलाई देखिने बनाउनसक्ने अधिकार रहन्छ ।एक प्रेस विज्ञप्ति जारी गर्दै जूमले भनेको छ स् डिजिटल सिकाइको वातावरणलाई ध्यानमा राख्दै फोकस मोड डिजाइन गरिएको हो । यसले विद्यार्थीहरुको सुपरीवेक्षण भैरहनुका साथै विद्यार्थीलाई चनाखो भैरहन र आफ्नो काममा ध्यान दिनसक्ने बनाउनुका साथै अरुबाट ध्यान भंग हुन दिादैन ।

कसरी सुरु गर्ने फोकस मोड ?

फोकस मोड अन गर्नर्का लागि प्रयोगकर्तासाग विन्डोज वा म्याक कम्प्युटरमा जूमको डेस्कटप क्लाइन्ट भर्सन ५।७।३ हुनु आवश्यक छ । यसको अर्थ यो फिचरको प्रयोग मोबाइल फोनबाट जूम चलाउादा गर्न सकिने छैन । तथापि होस्टले सबै प्रयोगकर्ताका लागि फोकस मोड अन गर्‍यो भने त्यसको असर पुरानो भर्सनको जूम चलाइरहेका वा मोबाइलमा जूम चलाइरहेकाहरुलाई पनि पर्दछ । अर्थात् पूरानो भर्सनको जूम एप वा मोबाइलबाट जूम चलाइरहेका बेला यदि होस्टबाट फोकस मोड अन गरियो भने उनीहरुले पनि अरु सहभागीलाई देख्न पाउने छैनन् ।

जूममा फोकस मोड फिचर सुरु गर्नका लागि –

· जूम लगइन गर्नुहोस्

होस्टको रुपमा मिटिंग शुरु गर्नुहोस्

टुलबारमा रहेको : ORE अप्सनमा क्लिक गर्नुहोस्

Start focus Mode मा क्लिक गर्नुहोस् र त्यसपछि  Confirm  मा क्लिक गर्नुहोस्

Don’t ask me again मा क्लिक गर्नुहोस्

· यसो गर्दा होस्ट र को होस्ट सहित सबैका लागि फोकस मोड सक्रिय हुनेछ । सबै सहभागीले यसको जानकारी पनि प्राप्त गर्दछन् । एजेन्सीको सहयोगमा