बुटवल पुग्यो डिशहोमको फाइबरनेट

प्रकाशित मिति:

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवलमा समेत पुगेको छ । आक्रामक रुपमा बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बुटवलका विभिन्न स्थानमा विस्तार गरेको हो ।

आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत डिशहोम फाइबरनेटले अब बुटवलमा पनि उपलब्ध भएको घोषणा गरेको हो । कम्पनीका अनुसार बुटवलका १३ ओटा स्थानमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।डिशहोमको फाइबरनेट बुटवलको गोलपार्क, अमरपथ, बसपार्क एरिया, इँट्टाभट्टी, तीनकुने, मिलनचोक, देवी नगर, कालिकानगर, बिपि चोक, राम मन्दिर लाइन, दुर्गा मन्दिर लाइन, हाट बजार लाइन र हस्पिटल लाइनमा उपलब्ध भएको छ ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा निस् शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् । यसअघि कम्पनीको सेवा उपत्यका बाहिर हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा पनि उपलब्ध भइसकेको छ ।