सामाजिक अभियानता युबराज बने विवेकशील साझा युवा संगठन रुपन्देहीको संयोजक

प्रकाशित मिति:

बुटवल – विवेकशील साझा युवा संगठनले लुम्बिनी प्रदेशको विभिन्न ११ जिल्लामा संयोजकहरु आज एककार्यक्रमको आयोजना गरि घोषणा गरेको छ ।

भर्चुअल माध्यम जुममार्फत भएको विशेष कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रिय सचिवालय सदस्य एवम् युवा संगठन संयोजक अब्दुस मिया र र विवेकशील साझा पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक अनुपमान सैन्जु , संगठनको सहसम्योजक पबित्रा थापा ,विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका महसचिब सरोज गौतम ,विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका सचिवालय सदस्य सस्मित पोख्रेल ,विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका सचिवालय सदस्य लक्ष्मी घिमिरे लगायत अन्य केन्द्रिय नेताहरूको उपस्तिथिमा भएको कार्यक्रमका विच ११ वटा जिल्ला ( रोल्पा, गुल्मी ,अर्घाखाँची ,बाँके, बर्दिया , पश्चिमनवलपरासी, प्युठान,पाल्पा,दाङ,रुपन्देही,कपिलवस्तु)संयोजकहरु घोषणा भएका हुन। जस्मा रुपन्देहीबाट संयोजकमा युबराज बञ्जाडे , बर्दिया बाट उमेशराज थापा , अर्घाखाँची बाट अशोक आचार्य , बांके बाट अंकित श्रीवास्तब , कपिलबस्तुबाट सुजन पौडेल, नवलपरासी बाट सब्बिर आलम अंसारी , गुल्मी बाट सन्दिप पन्थी , प्युठान बाट गिता दाहाल ,रोल्पा बाट झक्कु प्रसाद दांगी, पाल्पा बाट दशरथ पाण्डे र दाङ बाट अंकित डिसि रहनुभएको लुम्बिनी प्रदेशका बिबेकशिल साझा युवा संगठन संयोजक अनन्त सागर अग्रहरीले बताउनुभयो

विवेकशील साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् विवेकशील साझाको सुसंस्कृत राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ। उर्जाशिल, ईमान र क्षमता भएका युवाहरू समेटेर बनाइएको संगठनले सुसंस्कृत राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।