पवनदीपले जिते इन्डियन आइडल १२ को उपाधि

प्रकाशित मिति:

मुम्बई– भारतको सबैभन्दा लोकप्रिय गायनमा आधारित रियालिटी शोमध्येको एक इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।प्रतियोगिताको फिनालेमा पवनदीपसंगै मोहम्मद दानिश, शनमुखाप्रिया, अरुणिता कांजीलाल, निहाल तथा सायली काम्बले पुग्न सफल भएका थिए ।

आईतबार राति सम्पन्न भएको लामो समयदेखि सञ्चालन भैरहेको यो प्रतियोगिता निकै उतार–चढावहुँदै सम्पन्न भएको हो ।विजेता पवनदिपले इन्डियन आइडलको उपाधिसंगै पुरस्कारमा एउटा लग्जरी कार तथा २५ लाख भारुसमेत जितेका छन् ।प्रतियोगिताको दोस्रो स्थानमा उपाधिकै प्रवल दावेदार अरुणिता कांजीलाल रहन सफल भइन् भने तेस्रो स्थानमा सायली काम्बले रहिन् ।चौथो स्थानमा मोहम्मद दानिश रहे भने पाँचौं स्थानमा निहाल रहे ।त्यस्तै शनमुखा प्रियाले सबैभन्दा कम भोट पाउँदै छैठौं स्थानमा सिमित भइन् ।यसपटकको प्रतियोगिताको फिनालेको दौडमा आफ्नो स्थान सुरक्षित गर्नका लागि प्रतियोगिहरुले निकै संघर्ष गर्नु पर्‍यो ।इन्डियन आइडलको फिनालेमा यसपटक छ जना प्रतियोगिहरुलाई समावेश गरिएको थियो, जबकि यसअघि फिनालेमा पाँच जनामात्र पुग्दथे ।

इन्डियन आइडल १२ का विभिन्न प्रतियोगिहरुले बलिउडबाट समेत प्रस्ताव पाइसकेका छन् ।प्रतियोगि अरुणिता कांजीवाललाई करण जौहरले गायनको प्रस्ताव दिएका छन् भने हिमेश रेशमियाले पनि विभिन्न प्रतियोगिहरुलाई आफ्नो एल्बमको गीत गाउन दिएका छन् ।यसअघि बलिउडका संगीतकार बप्पी लहिरीले कार्यक्रममा सहभागिता जनाउने क्रममा आफ्नो सबैभन्दा पुरानो तथा प्यारो तबला पवनदीप राजनलाई उनको प्रतिभाबाट प्रभावित भएर उपहारस्वरुप प्रदान गरेका थिए ।