युवा लेखक राजन थपलियाको पुस्तक सतप्रतिशत जीवन सगरमाथामा विमोचन

प्रकाशित मिति:

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक सतप्रतिशत जीवन सगरमाथामा विमोचन गरिएको छ । उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् । गत मे १८ शुक्रबार बिहान ८ बजे ख्याति प्राप्त अन्तराष्ट्रिय हिमाल मार्गदर्शी आङ दावा शेर्पाले ६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके । साथै थपलियाको चर्चित कृती सतप्रतिशत जीवनलाई सगरमाथामा विमोचन गरियो । १०० प्रतिशत लाइफ पुस्तक सगरमाथामा विमोचन गरिएको आप्रवासी नेपालीको पहिलो पुस्तक हो ।

१०० लाइफ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकासित कृती हो। उक्त कृतीमा मान्छे को जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ। पुस्तकमा जीवनलाई कसरी रुपान्तरण गर्ने , आफूलाई कसरी मानसिक रुपमा बलियो बनाउने भन्ने कुरालाई पुस्तकमा बिशेष जोड दिइएको छ। सतप्रतिशत जिजीवन किताबको शीर्षकले भने जस्तै मानिसलाई जीवन सत प्रतिशत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरा मा नै यो पुस्तक किताब केन्द्रित रहेको छ। उक्त किताब २ सय ५६ पन्ना को रहेको छ । पुस्तकको बिषयमा लेखक राजन थपलिया भन्नु हुन्छ, यो साहसीहरु ले पढ्ने पुस्तक हो।

परिवर्तनमा बिश्वास गर्ने हरुले पढ्ने किताब हो। हिजो जे भयो भयो अब आजबाट बदलिन चाहनेहरु लेपढ्ने किताब हो । सपना भने को ठूलो देख्नु पर्छ यदी जीवनमा ठूलो काम गर्नु छ भने। सबै सपनाहरु पुरा हुँदैनन् यदी इच्छा शक्ति कमजोर छ भने। ठूलाठूला पहाडहरुलाई पनि छिचोलेर खोला बगी नै रहन्छ त्यो पानीको शक्ती ले होइन त्यो अबिरल बगी रहने पानी पानी को निरन्तरताले हो। त्यही निरन्तरता को एक सार हो १०० लाइफ पुस्तक । उक्त किताब को दोस्रो संस्करण मे ९ तारिख देखि बजार मा उपलब्ध छ। उक्त पुस्तक अमेजन् इबे तथा बार्न्स एन्ड नोबेल मा उपलब्ध रहेको छ। लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टारपैताला चिकित्साका विद्यार्थी हुन्।