अप्रजातान्त्रिक निर्णय खारेज गरियोस्

प्रकाशित मिति:

वडामा वडा भित्रका सम्पुर्ण कृयाशिल सदस्य, गाउँरनगर पालिका अधिवेशनमा सम्बन्धित गाउँरनगर भित्रका सम्पुर्ण कृयाशिल, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उक्त क्षेत्र भित्रका सम्पुर्ण कृयाशिल सदय, जिल्ला अधिवेशनमा उक्त जिल्लभित्रका सम्पुर्ण कृयाशिल सदस्य, प्रदेश अधिवेशन मा उक्त प्रदेश भित्रका सम्पुर्ण कृयाशिल सदस्य र देश भरका सम्पुर्ण कृयाशिल सदस्यहरुले मतदान गरेर पार्टीको केन्द्रिय समिती निर्माण हुनुपर्छ भन्ने चर्को बहस चलिरहेकै बेला नेपाली कांग्रेस केन्द्रिय समितिले नेपाली कांग्रेसका गाउँरनगरपालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ। विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगररउपमहानगररमहानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य भनिएको मा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिकाक्षेत्र भित्रका वडा सभापति र क्षेत्रीयप्रतिनिधि भनी संशोधन गर्ने निर्णय गरेकोछ।कांग्रेसको विधानमा पालिका भित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेसको १३ औं महाधिवेशनमा करीब ५ लाख कृयाशिल सदस्य भएकामा १४ औं महाधिवेशनमा दोब्बर अर्थात करीब १० लाख कृयाशिल सदस्य पुर्‍याउने नितिगत निर्णय अनुरुप वडाबाट सिफारिस गरिएका सदस्यका बिषयमा उत्पन्न बिबादले साउन १२ गतेदेखि हुने भनिएको अधिवेशन रोकिएर भदौ १८ गतेदेखि अधिवेशन प्रक्रिया अगाडि बढाउने गरि नयाँ मिति घोषणा गर्ने र अधिवेशन गर्ने म्याण्डेट बोकेको केन्द्रिय समितिले बिधानमा भएको व्यवस्था नै परिवर्तन गरि नयाँ मापदण्ड अनुसार अधिवेशन गर्ने निर्णय गरिनुले थुप्रै आशंका जन्माएको छ ।

०७४ को तिनवटै तहका निर्वाचनमा लज्जास्पद हार व्यहोरेको मात्र नभै प्रमुख प्रतिपक्षी दलका हैसियतमा समेत पार्टीको भुमिकालाई प्रभावकारी बनाउन नसकेको नेतृत्व पङ्क्तीले पार्टीको अधिवेशन प्रक्रियामा बिगतमा देखिएका त्रुटीपुर्ण अभ्यासलाई सच्याउँदै धेरै भन्दा धेरै कृयाशिल सदस्यको सहभागितामा जनमुखी नीति, संगठनमुखी कार्यक्रम र सक्षम नेतृत्वका लागि १४ औं महाधिवेशनलाई उपयोग गर्नुको साटो कृयाशिल सदस्यको भुमिकालाई वडामा मात्र सिमित गराउने गरि गरिएको निर्णयले पार्टी भित्रको लोकतान्त्रिक अभ्यासलाई थप साँघुरो वनाउने, गुटबन्दीलाई प्रश्रय गर्ने र पार्टी संगठनलाई कमजोर बनाउने छ। यो व्यवस्थाले देशकै जेष्ठ र लोकतान्त्रिक पार्टी कांग्रेसको आन्तरिक लोकतन्त्रलाई जिस्काएको छ ।२०७८साल साउन ३०गतेको पार्टी केन्द्रिय समितिको निर्णयले नेतृत्व छनौट र निर्माणमा लगाउन खोजिएको सिन्डिकेट बाहेक पार्टीको हित अनुकुल पक्कै हुनेछैन । वडापछि प्रतिनिधिमुलक मतदानको प्रावधान ल्याइनुले वडा सभापति ६ हजार ७९३ निर्वाचित हुने,क्षेत्रीय प्रतिनिधि करीब १लाख छनौट भएरआउने र बाँकी करीब ९ लाखले वडा संरचना बाहेक अधिकार नपाउने व्यवस्थाले आलोचनात्मक चेत बोकेका सक्षम व्यक्तिलाई साम, दाम, दण्ड, भेद र गुटको कोपभाजनमा पारेर प्रतिनिधि आउन बाट रोक्ने अभ्यास अझबढी मौलाउने र आर्थिकचलखेल समेत बढेर जाने सम्भावनाको ढोका खोलेको छ । यदि वडाको अधिवेशन नचाहाँदानचाहाँदै यसैबाटोमा अग्रसर भयोभने पार्टी भित्रको लोकतन्त्र मात्र होईन सिङ्गो कांग्रेसलाई समाप्त पार्नेछ ।

तसर्थ बिधानमा भएको व्यवस्था अनुरुप समयमै अधिवेशन गर्न नसक्नुलाई केन्द्रिय नेतृत्वले आफ्ना कार्यकर्तामाझ क्षमायाचना गर्नु आत्माआलोचित हुनु त परै जावोस संबैधानिक संकटको त्रास देखाउने र कोभिड महामारीलाई कारण बनाएर पार्टीको बिधानले गरेको व्यवस्थालाई समेत बिसर्जन गर्नु पार्टी भित्रको लोकतान्त्रिक व्यवस्थ र कार्याकर्ताको अधिकारलाई कुण्ठित गर्ने अभिप्राय बाहेक केही हुने छैन । तसर्थ केन्द्रिय समितीले आफ्नो बैठकमा गरेका अप्रजातान्त्रिक निर्णय फिर्ता लिई महाधिवेशनको वातावरण सुनिश्चित गर्दै अघि बढोस् । १४औं महाधिवेशनको हार्दिक शुभकामना ।