साउन ३२, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाध्य भएर महाधिवेशनको मिति सार्न सहमत भएको खुलासा गरेका छन् । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले पूर्वनिर्धारित १४ औं महाधिवेशन सारेर संविधानलाई चुनौती दिइसकेको छ । यसरी संविधानविपरितको निर्णय आफूलाई मन नपरे पनि रोक्न नसकेको गुनासो गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाएका पौडेलले सरकारमा सहभागि हुने मन्त्रीहरको नामसमेत अहिलेसम्म नमागेको बताएका छन् । आफ्नो समुहबाट मन्त्री बनाउनेहरुको नाम तत्काल माग्न पनि पौडेलले आग्रह गरेका छन् । आफूले प्रधानमन्त्री तथा देउवालाई असयोग नगरेको दावी गर्दै पौडेलले देउवाले नै पार्टी कब्जा गर्न लागेको आरोप लगाए ।
क्रियाशिल सदस्यता विवाद सृजना हुनुमा सभापति देउवा नै दोषी रहेको पौडेलको जिकिर छ । यद्यपी अब केही दिनमै समस्या समाधान हुने पौडेलको विश्वास छ ।