निर्मला पन्त हत्या प्रकरण : एक जनाको डिएनए परीक्षण गरी हिरासतमा

प्रकाशित मिति:

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले थप ७ जनामाथि अनुसन्धान गरेको छ। जसमध्ये १ जनाको डिएनए परीक्षण समेत गरिएको छ। कञ्चनपुरबाट ल्याएका ७ मध्ये ६ जनालार्इ अनुसन्धानपछि घटनामा संलग्नता नदेखिएकाले छोडिएको सिआइबी स्रोतले बतायो। बाँकी एक जनाको डिएनए परीक्षण गरी हिरासतमा राखिएको छ। उनको डिएनएलार्इ निर्मलाको भेजिनल स्वाबसँग म्याच गराइनेछ।

विभिन्न सञ्चारमाध्यममा निर्मला हत्या प्रकरणमा उपत्यकाबाट एक पक्राउ भनेर समाचार आइरहेका बेला सिआइबी स्रोतले  घटनाको अनुसन्धानका लागि शकांस्पद ७ जना कञ्चनपुरबाट ल्याइएको र ६ जनालाई अनुसन्धान गरेर छोडेको तथा १ जना हिरासतमा रहेको जानकारी दिएको हो।