प्रधानन्याधीश छनौटको रस्साकस्सी फेरी शुरु

प्रकाशित मिति:

काठमाडौं, २० मंसिर । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठतम् न्यायाधीशबीच रस्साकस्सी चलेको खबर अन्नपुर्णले छापेको छ ।

प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ ।

यसअघि सोमबार बसेको बैठक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले समय नदिए पछि थप अध्ययनका लागि भनेर टुंगिएको थियो ।

न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि वरिष्ठ न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद् मा पठाएको छ ।यस अघि पनि हालका प्रधानन्यायाधीश आमप्रकाश मिश्रसहित तीनै जनाको नाम पठाईएको थियो ।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ ।