बागमतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्यको शपथ आजै

प्रकाशित मिति:

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। पार्टी विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्।

पौडेलको राजीनामा सँगै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछिन्। उनी बागमती प्रदेश एमाले संसदीय दलको नेता चयन भइसकेकी छन्।

नेता शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिँदैछिन्। स्रोतका अनुसार सपथको तयारी भइरहेको छ।