तिलोत्तमा चेम्बरले लगायो एकहजार व्यवसायीलाई कोरोना खोप

प्रकाशित मिति:

तिलोत्तमा, ३ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्ना एक हजार सदस्यलाई कोभिड विरुद्धको खोप लगाएको छ । चेम्बर अफ कमर्शले दुई चरणमा गरी एक हजार जनालाई खोप लगाएको थियो । तिलोत्तमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा चेम्बर अफ कमर्शले व्यवसायीलाई कोभिड विरुद्ध खोपको व्यवस्था गरेको हो ।

एक हजार जना व्यवसायीलो खोप लगाएपनि अझै प्रयाप्त नभएको र थप खोप उपलव्ध गराउनुपर्ने संस्थाका अध्यक्ष बाबुलाल भुसालले माग गरे । छुटेका व्यवसायीलाई अर्को चरणमा खोप उपलव्ध गराइने उनले बताए ।संस्थाले बिहीबार तिलोत्तमा नगरपालिकामै पाँचसय जना व्यवसायीलाई भेरोसेल खोप लगाएको प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए । यसअघि पहिलो चरणमा संस्थाले पाँचसय व्यवसायीलाई अमेरिकी जोनसोन एण्ड जोनसोन खोप लगाएको थियो ।

कोरोना महामारीका समयमा व्यवसायीहरु जोखिममा रहेकाले संस्थाको पहलमा खोपको व्यवस्थापन गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।