पुतलीबजार नगरपालिकाको ७ दिने तालिम शुरु

प्रकाशित मिति:

पुतलीबजार नगरपालिका भित्र रहेका १४ वटै वडाका सचिवहरु, सहायक सचिवहरु र पालिकामा रहेका सहायक स्तरका कर्मचारीहरुको क्षमता विकासका लागि तालिम शुरु भएकोे छ । पुतलीबजार नगरपालिकाको आयोजनामा पालिकाको सभाहलमा ७ दिने तालिम शुरु भएको हो ।

 

तालिमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कर्मचारी सक्क्षम भए मात्रै नगरपालिकाको राम्रो चर्चा हुने बताउदै कर्मचारीहरुलाई आ–आफ्नो क्षेत्रमा जानकार हुुन सुझाईन् । नगरप्रमुख क्षेत्रीले कर्मचारीहरुलाई राम्रो बनाउन पालिकाले तालिमको आयोजना गरेकोे बताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न कर्मचारीहरुलाई अनुरोध गरिन् । उनले कर्मचारीहरुलाई प्रविधि मैत्रि हुन पनि सुझाव दिईन् ।

तालिममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा र शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले मन्तव्य राखेका थिए । ७ दिन सम्म संचालन हुने तालीममा कम्प्युटर, सूचना प्रविधी, व्यक्तीगत घटनाको अनलाईन दर्ता, सामाजीक सुरक्षा भत्ताको अनलाईन दर्ता तथा नविकरण, विभिन्न कार्यालयहरुमा गरिने सिफारीस र सम्बन्धीत ऐन नियमका बारेमा कक्षा संचालन हुने योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिए ।

२५ जना कर्मचारी सहभागिता रहेको पहिलो दिनको तालीममा सूचना अधिकारी मुक्त गुरुङ, योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकाल, कम्प्युटर अपरेटर पर्शुराम अधिकारी र कर्मचारी अनन्त रेग्मी लगायतले कक्षा संचालन गरेका थिए । नगरप्रमुुख सिमाकुमारी क्षेत्रीको अध्यक्षतामा शुरु भएकोे तालिमको संचालन योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकालले गरेका थिए ।