अब डारविन मा पनि प्रसाद खान र हेर्न पाईने

प्रकाशित मिति:

डारविन,अमित ज्ञवाली
ट्रेलरमा देखाइएको कथावस्तु र क्षमतावान भनेर चिनिने कलाकारहरुको मूख्य अभिनय भएका कारण चलचित्र ‘प्रसाद’ रिलिज अगावै नै चर्चामा रहेको छ । संसारभर छरिएका नेपाली दर्शकहरुको लागि यो चलचित्र प्रतिक्षित चलचित्र बनेको छ । अष्ट्रेलियाको डारविनमा चलचित्र प्रसाद हेर्ने नेपाली दर्शकहरुको उक्त चाहनालाई बुझी डारविन हॉर्ट ले ‘प्रसाद’ प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।

चलचित्र प्रसाद आगामी डिसेम्बर १६ र डिसेम्बर १७ मा प्रदर्शन हुने भएको छ । चलचित्र प्रसाद डिसेम्बर १६ मा बेलुका ६.३० बजे देखि र डिसेम्बर १७ मा बेलुका ६स्४५ बजे देखि प्रस्दर्शन हुने चलचित्र आयोजक हेम पुन जी ले जानकारी दिनु भयो ।चलचित्र नोर्धन टेरिटरी राज्यको डारविन को क्याज़ूरिना स्थित बि.सि.सिं सिनेमामा प्रदर्शन हुनेछ । चलचित्र हेर्नको लागि अनलाइन टिकट खरिद गर्न सकिनेछ ।सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादमा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको मूख्य भूमिका रहेको छ ।