आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २० गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष कृष्णपक्षको चतुर्दशी तिथि दिवा १२.८ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र विहान राति ५.६ बजेसम्म रहनेछ । आज सुकर्म योग चतुष्पाद करण रहेको छ । आज सूर्योदय ६.४२ मा भएको छ भने सूर्यास्त बेलुका ५.७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।

आज बालाचतुर्दशी हो । चान्द्र महनिा अन्तर्गत मार्गशीर्ष अर्थात् मंसिर कृष्ण पक्षको चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । चतुर्दशी शिवजीको प्रिय तिथि९दिन० हो । यसैगरी चतुर्दशी तिथिका स्वामी पनि साक्षत् शिवजी हुनुहुन्छ । चतुर्दशीमा शिवजीको उपासना शुभ मानिन्छ । शिवरात्री पनि चतुर्दशीकै दिन मनाइन्छ । पितृको उद्धारका निम्ति बालाचतुर्दशी तिथिलाई उत्तम मानिएको छ । त्रयोदशीको राति पितृका निम्ति बत्ती बाली चतुर्दशीका दिन शतबीज छर्ने शास्त्रीय विधान रहेको पाइन्छ ।