नयां शक्तिको कार्ययोजना : ५ महिना, ५ काम, ५ परिणाम

प्रकाशित मिति:

सन्जु पौडेल । बुटवल । मङ्सिर २० ।
नयां शक्ति नेपालका प्रदेश न ५ संयोजक कमल खनालले ५ महिना, ५ काम, पांच परिणाम अन्र्तगत कार्ययोजना बनाएर कार्यक्रमहरु गर्ने तयारी पार्टीले गरेको बताउनुभएको छ । आज बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वहांले नयां शक्तिले ५ वर्ष पछिका लागि भोटर तयार गर्ने रणनिती सहित अघि बढ्ने जनाउनुभयो । साथै वहांले पार्टीको मुख्य ३ काम सहित अघि बढ्ने बताउंदै अबको कार्यदिशा संगठन सुदृढीकरण, सामाजिक आन्दोलन र घुर्वीकरण रहेको जनाउनुभयो ।

यस्तै पार्टीका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले अहलिेको संविधान पूर्ण नभएको बताउंदै संविधानमा संघियताको व्यवस्था सिमांकन सिद्धान्त अनुसार नभएको, नागरिकताको सवालमा कानून आएपनि आमाको नामबाट लिन पाईने अधिकारको कार्यान्वयन गंजागोलमा रहेको र सरकारी कर्मचारी राज्य सरह भएकाले उनीहरुको काम कर्तव्यमा पनि जनताको चाहना अनुरुपको परिवर्तन आवश्यक रहेकामा जोड दिंदै यी कार्य पुरा नभएसम्म समाजवादको कुरा गर्नु औचित्यहीन भएको बताउनुभयो । वहांले भन्नुभयो, राज्यबाट पालिएका कर्मचारी दलगत बनेर काम गर्न पाईंदैन । संवैधानिक आयोगहरुमा रिटायर भएकाहरुलाई नियुक्त गर्नु लज्जास्पद भएको भन्दै वहांले तयसमा रिफन्ड गरी वास्तविक उन्नत लोकतन्त्रको स्थापना जररी रहेको भनाई राख्नुभयो । नयां शक्तिका प्रदेश प्रचार प्रसार संयोजक पंकज राईको संचालन मा सम्पन्न कार्यक्रममा प्रदेश ५ का संगठन विभाग प्रमुख यज्ञ पोख्रेल, कार्यालय सचिव विमल गिरी लगायतको उपस्थिती रहेको थियो ।