लियो गोल्डेन जुब्लीद्वारा अल्पकालीन आश्रय स्थलमा रहेका बालबालिकासँगै रक्षा बन्धन कार्यक्रम

प्रकाशित मिति:

६ भदौ, बुटवल । लियो क्लव अफ बुटवल गोल्डेन जुव्लिले वेवहारिसे सडक तथा अनाथ बालबालिका को संरक्षण संस्था सि.आइ.एन. नेपालमा रहेका बालबालिका बिच रक्षावन्धन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बिहान सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका कोषाध्यक्ष गोविन्द वन्जाडेको उपस्थिती रहेको थियो भने अतिथिहरुमा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका एरिया ४ का रिजन को–कोअर्डिनेटर सन्तोस खरेल, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका रिजन १८ का रिजन चेयर पर्सन किरण सिंग थापा लगाएतको उपस्थित रहेको थियो । क्लवका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता रहेको कार्यक्रमको संयोजन पवित्रा भुषालले गरेकी थिइन् ।

विशेषगरी हिन्दुहरूको महान पर्व जनैपूणिर्मा तथा रक्षा वन्धनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । क्लवमा आवद्ध महिलाहरुद्वारा त्यहाँ आश्रीत बालबालिकाहरुलाई राखी र डोरा बाँधेर एक आपसमा खुसी साटेर कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमा वोल्दै क्लबका अध्यक्ष लियो श्रीधर बस्यालले हिन्दुहरूको महान चाड जनैपुर्णिमा तथा रक्षा वन्धन पर्वमा वाधिने राखी केवल हातमा सजाउने मात्र नभएर त्यो डोरीले दिदि भाइको सम्बन्ध अझ गाढा र प्रगाढ बनाउने हुनाले बालबालिकाबिच कार्यक्रकको आयोजना गरिएको बताएका थिए । कार्यक्रमकी संयोजक पवित्रा भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रममा, मिडिया डिरेक्टर जिवन थापा क्षेत्रीको धन्यवाद मन्तब्य रहेको थियो भने सञ्चालन सचिव महेश ज्ञवालिले गरेका थिए ।