सरकारले बेरुजु फर्छ्यौटसँगै अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ ; शेखर कोइराला

प्रकाशित मिति:

काठमाडौं, भदौ ६ ; कांग्रेस नेता शेखर कोइरालाले सरकारले बेरुजु फर्छ्यौट गरी अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बेरुजु र अनियमितताको अंक बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै सरकारले कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी रहेको बताएका हुन्।

‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ। बेरुजु र अनियमितताको अंक बढ्दो छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी छ। सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिको कार्यालयमा बुझाएको ५८औं प्रतिवेदनले मुलुकको बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ पुगेको औंल्याएको छ। सोही प्रतिवेदनले देशमा आर्थिक पारदर्शिता कम हुँदै गएको पनि बताएको छ।