लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरे, पक्षमा ४२, विपक्षमा शुन्य

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । सोमबार बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत हासिल गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकमा लिइएको विश्वासो मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् । विपक्षमा शुन्य मत परेको छ ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद र एकजना स्वतन्त्र सांसदले मतदान गरेका छन् ।८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ जना सांसदले मतदान बहिस्कार गरे । मत बराबर हुने अवस्था नरहेका कारण सभामुख पूर्णबहादुर घर्तीले भने मतदान गर्नुपरेन ।पूर्वमुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार साउन २७ गते गठबन्धनको नेतृत्व गर्दै केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।