लियो क्लब अफ होलिसिटीका दिदीबहिनीले सुरक्षाकर्मीहरुलाई बांधे राखी

प्रकाशित मिति:

जनैपूर्णिमा (रक्षाबन्धन) को अवसर पारेर लियो क्लब अफ होलिसिटी भैरहवाले सुरक्षाकर्मीहरुलाई राखी (रक्षाबन्धन) बाँधेको छ । क्लबमा आबद्ध महिला सदस्यहरुद्वारा आइतबार भैरहवामा खटिएका खटिएका ट्राफिक तथा जनपद प्रहरीहरुलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिएकोे वर्ष २०२१/२२ काअध्यक्ष आकाश पौडेलले बताए । क्लबमा आबद्ध महिला सदस्यहरुले नागरिकको सुरक्षामा खटिएका प्रहरीको हातमा राखी बाँध्नुभएको पौडेलले जानकारी दिए । आइतबार ३० जना प्रहरीलाई राखी बांधिएको कार्यक्रम संयोजक दिव्या क्षेत्रीले बताइन् ।