लोकतान्त्रिक शैक्षिक परामर्श संघको लुम्विनी प्रदेशमा पौडेल र सह संयोजकमा बस्नेत चयन

प्रकाशित मिति:

९ भाद्र, – बुटवल, लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली काँग्रेसमा आस्थावान रहेका शैक्षिक परामर्श व्यवसाईहरुको भाद्र, ९ गते बुटवलमा वसेको भेलाले सो निर्णय गरेको नेपाल विद्यार्थि संघका पुर्व केन्द्रीय सदस्य तथा ब्लुस्काई एजुकेशन बुटवलका प्रमुख टंक पाण्डेले जानकारी दिनुभयो ।

जसको सह संयोजकमा गोविन्द वस्नेत, सदस्य हरुमा चन्द्र मणि (सि एम) पन्थ, नारायण प्रसाद आचार्य, राजेस पाण्डे, बासु न्यौपाने, दिपक खरेल, हिमाल जिसी, राजेन्द्र श्रेष्ठ, यादव प्रसाद बस्याल, ओम प्रकाश श्रेष्ठ, अशोक गौतम, अन्जु ज्ञवाली, आशिष भण्डारी, बसन्त मान जोशी, इश्वोर भट्टराई र विज्ञान आचार्य रहनु भएको छ ।

शैक्षिक परामर्श व्यवसायीहरुको एकता, तथा शैक्षिक परामर्श सस्थाहरुलाइ एकतावद्घ गराउने उदेश्यको साथ लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश गठन भएको फोर नेशन इन्टरनेस्नलका प्रमुख चन्द्र मणि (सि एम) पन्थले जानकारी दिनुभयो ।अहिले गठन भएको तदर्थ समितिले भाद्र महिना भित्र पहीलो अधिवेशन गराउने करीयर प्लानिङ एजुकेशन नेटवर्कका निर्देसक तथा सह संयोज गोविन्द वस्नेतले वताउनु भयो ।