स्याङ्जा प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई २४ वर्षपछि पक्राउ
भदौ ०९, स्याङ्जा । कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार एक अभियुक्तलाई स्याङ्जा प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । स्याङ्जा जिल्ला अदालतको मिति २०५४।०७।०४ गतेको फैसलाले कर्तव्यज्यान मुद्दामा १९ बर्ष ६ महिना १२ दिन कैद तोकिई फरार रहेका स्याङ्जा जिल्ला साविक चण्डिकालिका गा।वि।स। वडा नं। ५ हाल पुतलीबजार नगरपालिका वडा नं। १४ का बर्ष ७५ वर्षीय यमप्रसाद पौडेललाई भदौ ०९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा पोखरामा लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जा समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ ।